• २०८१ चैत्र ३ गते सोमवार

पञ्‍चकन्या कांग्रेस सभापतिमा खनाललाई सर्वसहमत गर्न पहल

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज ७, नुवाकोट । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नुवाकोट पञ्‍चकन्या गाउँपालिकाको सभापतीमा माधवप्रसाद खनाललाई सर्वसम्मत चयन गर्न पहल भएको छ । साबिक कबिलास गाउँ बिकास समितीमा २ कार्यकालसम्म निर्वाचित हुनुभएका खनालको नेतृत्वमा संगठन विस्तार गर्दा पार्टिको पक्षमा माहोल सृजना हुने र आगामी चुनावमा विजयी हुन सजिलो हुने भएकाले प्रायस् सबै क्षेत्रीय प्रतिनिधी उनको पक्षमा देखिएका छन ।

उनलाई सर्वसहमत सभापती चयन गर्न काङ्ग्रेस सह महामन्त्री प्रकाशशरण महत केन्द्रीय सदस्य रामशरण महत, जिल्ला सभापती जगदिश्वरनरसिंह केसी र जिल्ला नेता रमेश महत लगायत सकारात्मक रहेको एक क्षेत्रीय प्रतिनिधीले जानकारी दिएका छन्। माधव दाई पुराना नेता हुन्, कुनै पनि गुटमा लाग्नुहुन्न, गाउँपालिका भित्रका नागरीकहरु, पार्टी सदस्यहरु बिच उत्तिकै परिचित हुनुहुन्छ, उहाँ निर्विरोध सभापती बन्नुहुन्छ, उनले भने ।

पार्टिका केन्द्रीय नेताहरु महत दाजु भाईको आफ्नै गाउँ पञ्‍चकन्यामा कसलाई सभापती बनाउँदा संगठनलाई गतिशिल बनाउन सकिन्छ, आगामी चुनावमा बिजय हासिल गर्न सकिन्छ त्यो उहाँ हरुलाई राम्रोसंग थाहा छ । माधव दाईनै निर्बिकल्प सभापती हो, ९ गते उहाँको नेतृत्वमा नयाँ कमिटी घोषणा हुन्छ, जिल्ला समन्वय समितीका सदस्य अभिनव फुयाँलले भने ।

चुनाव भएपनी ९० प्रतिसत क्षेत्रीय प्रतिनिधीको मत खनालले पाउने पञ्‍चकन्या-१ बानियाटारबाट निर्वाचित अर्का क्षेत्रीय प्रतिनिधीले भने । उहाँ अहिले नेपाली काङ्ग्रेस पञ्‍चकन्या गाउँपालिकामा कार्यबाहक सभापतीको भूमिकामा हुनुहुन्छ । गाउँपालिका सभापतिका शसक्त दाबेदार खनालले २०४६ सालदेखि पार्टीमा क्रियाशील भएर सदस्यता लिनुभएको हो । आफू कुनै गुटमा नलागेको जनाउँदै आम कार्यकर्ताले सर्वसम्मत गाउँ कार्य समिति चयन गरेर पार्टी एकढिक्का भएर सहमतिमा अघि बढेको सन्देश दिनुपर्ने खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस