• २०८१ साउन ३ गते बिहिवार

सटर फुटाएर मोवाइल चोरेको आरोपमा २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, काठमाडौं । सटर फुटाएर मोवाइल चोरेको आरोपमा प्रहरीले बर्दियाबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर घर भएका ३० वर्षीय इस्लाम दिन र बाँकेको डुडुवा गाउँपालिका घर भएका ४० वर्षीय मुसा कुरेसी छन् ।

असोज ६ मा राति २ बजे उनीहरुले बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारमा रहेको क्रितिसा इलेक्ट्रिकल पसलको सटर फुटाएर मोवाइल चोरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

मोवाइल चोरेर भाग्दै गरेको अवस्थामा इस्लाम दिनलाई प्रहरीले घटनास्थलबाट पक्रेको थियो । चोरीमा संलग्न मुसा कुरेसीलाई बढैयाताल गाउँपालिकाको भोलागौडी बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । अरोपीहरुको साथबाट प्रहरीले चारवटा मोवाइल बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस