• २०८० चैत्र १६ गते शुक्रवार

स्कटल्याण्डमाथि ३-१ गोलको जित निकाल्दै क्रोएसिया समूह उपविजेता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ९, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा क्रोएसिया समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा मंगलबार राति स्कटल्याण्डमाथि ३-१ गोलको जित निकाल्दै क्रोएसिया समूह उपविजेता बनेको हो ।

ह्याम्पडेन पार्कमा पेरिसिचको पासमा निकोलाले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा कलुमले गोल गर्दै स्कटल्याण्डलाई १-१ गोलको बराबरीमा फर्काए । युरोमा स्कटल्याण्डको यो पहिलो गोल हो ।खेलको ६२ औं मिनेटमा माटियो कोभासिचको पासमा कप्तान मोड्रिचले गोल गर्दै क्रोएसिया २-० को अग्रता दिलाए । त्यसपछि खेलको ७७ औं मिनेटमा पेरिसिचले मोड्रिचको पासमा गोल गर्दै क्रोएसियालाई ३-१ को जित दिलाए । यस जितसँगै समूह ‘डी’ को क्रोएसियाले ३ खेलमा ४ अंक जोड्यो । र, समूह उपविजेता बन्यो । त्यसपछि खेलको ७७ औं मिनेटमा पेरिसिचले मोड्रिचको पासमा गोल गर्दै क्रोएसियालाई ३-१ को जित दिलाए ।

यस जितसँगै समूह ‘डी’ को क्रोएसियाले ३ खेलमा ४ अंक जोड्यो । र, समूह उपविजेता बन्यो ।ध

प्रतिक्रिया दिनुहोस