जेठ ९, काठमाडौं । बालाजुस्थित औधोगिक क्षेत्रमा रहेको सेनिटाइजर कम्पनीमा प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेर अवैध रुपमा उत्पादन गरिएको ठुलो परिमाणमा सेनिटाइजर बरामद गरेको छ ।
महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंहका अनुसार बालाजु औधोगीक क्षेत्र भित्र सञ्चालित उत्सव डेट्रेरेजेन्ट एण्ड कस्मेटिकबाट गुणस्तरीयहिन स्यानेटाईजर करिव सयौ काटुन भन्दा बढि बरामद गरिसकिएको र स्वयम्भूमा रहेको गोदाममा पनि प्रहरीले नियन्त्रणमा लिईसकेको बताए । एसएसपी सिंहका अनुसार थप के कति परिणाममा ती सामाग्री साझसम्म आई सक्ने उनको भनाई छ ।
उपभोक्तालाई उक्त फर्माले हातमा लगाउने नक्कली स्यानेटाइजर बिक्री गरेको सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो ।
टोलीले फर्माको छापामारी खानतलासी गर्दा मिथानेले मात्र हालि बनाउदै नक्कली स्यानेटाइजर बिक्री गरेको पाईएपछि पक्राऊ गरेको प्रहरीको भनाई छ ।
कोरोना भाइरसको महामारीले अहिलेको संबेदनशिल अवस्थामा उपभोक्ताहरुको जीवनसंग खेलबाड निर्धारण गरेको मापदण्ड विपरितको नक्कली कारोवारी र उद्योगका सञ्चालक कामनपा १३ बाफल बस्ने राकेश अग्रवाललाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाईने प्रहरीले बताएको छ ।