• २०८१ असोज २९ गते मङ्गलवार

प्रतिनिधि सभा विघटन विरुद्धको रिटमा एमालेका १७ सांसदको हस्ताक्षर (नाम सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाडौं । विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिटमा एमालेका १७ सांसदले हस्ताक्षर गरेका छन । माधवकुमार नेपाल पक्षका सांसदहरुले रिटमा हस्ताक्षर गरेका हुन ।

रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको दावी गरिएको छ ।

हस्ताक्षरका लागि बानेश्वर पुगेका माधव नेपाल पक्षका सांसदहरु :

१. जीवनराम श्रेष्ठ
२. कृष्णलाल महर्जन
३. विरोध खतिवडा
४. झपटबहादुर रावल
५. निरादेवी जैनु
६. सोमप्रसाद पाण्डे
७. सरलाकुमारी यादव
८. कल्याणी खड्का
९. लक्ष्मीकुमारी चौधरी
१०. माधवकुमार नेपाल
११. भीमबहादुर रावल
१२. कलिला खातुन
१३. घनश्याम भुसाल
१४. रामकुमारी झाँक्री
१५. झलनाथ खनाल
१६. पुष्पाकुमारी कर्ण कायस्थ
१७. भवानीप्रसाद खापुङ

प्रतिक्रिया दिनुहोस