एउटा धनाड्य भ्रस्टाचारी ब्यपारीले राज्यको सम्पति लुट्नु लुटेछन र आफ्नो पिएलाई अहिलेसम्म कमाएको सम्पतिको हिसाव जोड्न लगाएछन । पिएले हिसाव गरेर मालिकको अगाडि बिन्तिभाउ चढाएछन ! ” प्रभू, मालिक ! हिसाव किताव सबै जोड्दा अहिलेसम्मको सम्पति सात पुस्तालाई पुग्ने रहेछ” भनेर जवाफ दिएछन ।
अनि मालिक यसो घोरिएर सोचेर बसेछ ।
त्यसपछि पिएले सोध्यो “मालिक किन घोरिनु भएको ?”
मालिकले जवाफ दिए , ” हेर वाबु , मैले अहिलेसम्म दुख गरेर खाई नखाई यत्रो सम्पति जोडे, सातपुस्तासम्मको लागि त ठीकै भयो, बसि बसि खालान तर मलाई एउटै चिन्ताले सताउन थाल्यो त्यो के भने आठौं पुस्ताको लागि भने केही गर्न सकिन, तिनीहरु कसरी के गरेर खालान, तिनीहरुको चिन्ताले चाडै नै मर्छु कि के हो बाबु !”
अनि पिएले दङ परेर भनेछन कि, “आखिर किन चिन्ता लिनुहुन्छ मालिक ? अहिलेसम्म कमाउनकै लागि जे जति संघर्ष गर्नुभयो अनि राज्य र जनतालाई ठगेर सात पुस्तालाई पुग्ने कमाएको भएपनि आखिर जीवनको अन्तिम घडीमा घाटमा आवश्यक पर्ने जग्गा जम्मा तीन हातको न हो ! मरेर के लानु छ र मालिक ?”
त्यो कुरा सुनेर मालिक दंग पर्छन र कयौं घरानिय ब्यपारीहरुले परिवर्तन गर्न नसकेको उनको त्यो ब्यपारिक मानसिकता आफ्नोमा जागिर खाने साधारण मानिसले परिवर्तन गर्न सकेकोमा उनी धेरै खुशि भएर नै आफ्नो भएको सम्पतिको ५०% हिस्सा सामाजिक कार्यमा खर्च गर्ने निर्णय गरे । र त्यो दिनदेखि उनले जीवनप्रति सोच्ने प्रवृतिको परिवर्तन भयो । त्यसपछि समाज अनि देशप्रतिको सवै नागरिकको दायित्वबोधवारे सवैलाई ज्ञान दिने कुरामा अग्रसरता हासिल गरे ।
यसरी माथिको कथननुसार के बुझ्न जरुर छ भने कुनैपनि देशका नागरिकहरु जवसम्म सचेत हुदैनन अनि आफ्नो परिवार, समाज र देशलाई आफुले गरेको ब्यबहार र आचरणबाट कत्तिको सकारात्मक या नकारात्मक परिवर्तन भएको छ या छैन भन्ने कुराको विश्लेषणमा स्वविवेक प्रयोग गर्दैनन तवसम्म देशमा भ्रस्टाचारको खाडल गहिरिदै जान्छ ।
माथि उल्लेख भएनुसार हरेक जिम्मेवार ब्यक्तिहरुले तत्काल आफु र आफ्ना लागि मात्र नभई सात पुस्ता मात्र होइन आठौ पुस्ताकोसमेत चिन्ता लिने प्रवृति रहिरहने छ । अन्यथा राजनीतिक कर्मीहरुलगाएत अन्य विभिन्न क्षेत्रमा कार्यरत ब्यक्तिहरुले समाज, देश र नागरिकहरुप्रतिको सेवा भावको नाममा सत्ताको लागि उधारो सम्झौता, चुनावी समयमा खोक्रो आश्वासन, सहज हुंदा निश्कासन, असहज हुंदा बिन्तिभाउ, अप्ठ्यारो समयमा घुर्की, आफु नअट्दा मानहानी, सर्वहारावर्गको नेताको सम्पति अरबौं, दश किमीको बाटो हेलिकप्टरमा, देश र जनाताकोबारेमा सोच्नुको बदलामा संधै कुर्ची मोहको गिद्दे दृष्टी, घर घडेरी बेचेर राजनीति गर्ने चलन या बाध्यता !
कार्यक्रम रोजगार र जनतामुखी नभई कार्यकर्तामुखी, समानुपातिक सांसदको नियुक्ति चाकरी र चाप्लुसीमा आधारित, राजनीतिक भागवन्डाका न्यायधिश, आसपासका बिषयगत अनभिज्ञ मन्त्रीहरु , पैसा र पौचवाला सांसद, घुस्याहा कर्मचारी, खल्तीका योजना चलाउने चाटुकार, जनता ठग्ने ब्यपारी, द्वन्द ब्यबस्थापनको नाममा उफृने बिचौलियाहरु, CIA र RAW लगायतका अन्तररास्ट्रिय एजेन्सीहरुद्वारा परिचालित ब्यक्तिहरु,फदेश अप्ठ्यारोमा परेको समयमा सत्तालिप्सामा होमिने दलहरु, इलेक्टेड पद्दतीमा बिश्वास नगरी सेलेक्टेड मात्र हुन खोज्ने नेताहरु, आफ्नो पक्षका नेताहरु सत्तामा पुग्दा अनिष्टै भएपनि पूजा गर्ने कार्यकर्ताहरु, डलर र भारुमा बिक्ने मानवधिकारवादीहरु, शिक्षा र स्वास्थको नाममा जनता लुट्ने शैक्षिक र मेडिकल माफियाहरु, भाइरल बन्न खोज्ने युटुबे पत्रकारहरु, काम नपाए झैं सरकारी संयन्त्रको बिरोध मात्र गरिरहने तर ब्यबहार अर्कै देखाउने सामाजिक अभियन्ताहरु, प्रत्येक शब्द शब्दको मूल्य तोक्ने र चर्चा कमाउनकै लागि झुट्टा आलेखहरु प्रस्तुत गर्ने रास्ट्रिय दैनिक पत्रिकाहरु आदि भएको मुलुकमा तपाई हामी सर्वसाधारण मानिसहरुको हक हितको लागि कसैले सम्बोधन गर्छ भनेर नसोचेपनि हुन्छ ।
हो, यही आमुल परिवर्तन खोजेका हुन नेपाली जनताले तर यहाँ जुनसुकै पार्टीको सरकार भएपनि न त काम गर्ने वातावरण मिल्छ र निश्पक्षता हुन्छ नै । न त कसैले अर्काले गरेको बिकास र प्रगतिमा होस्टेमा हैसे गर्छन । न त आफु काम गरेर देखाउँछन । हामी बिग्रीएका पनि यहि भएर नै हो र समस्याको मूल जड भनेकै नैतिक धरातलीय यथार्थमा रम्न नजान्ने र धनार्जनको सातपुस्ते रणनीति भएर नै हाम्रोजस्तो गरिब मुलुकको राजनीतिक र सामाजिक जीवनमा नकारात्मक प्रभाव परिराखेको छ ।