वैशाख १०, कपिलवस्तु । तौलिहवा बजारमा चर्को घाममा उभिएर विद्यार्थी सर्बसाधारणलाई तपाईंको मास्क खोइ अनिवार्य लगाउन अनुरोध गर्दै सर्बसाधारणलाई खोइ मास्कझभन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारी सहितको प्रहरी टोली कपिलवस्तु जिल्लाको तौलिहवा बजारको मुख्य चोक चोकमा १ कोरोना रोकथाम तथा नियन्त्रणका लागि मास्क लगाएर साबधानी अपनाउन आग्रह गर्दै सचेतना अभियान सुरु गरिएको छ ।
मास्क अनिवार्य लगाउन अनुरोध गर्दै प्रहरी प्रमुख एसपी अधिकारीले चर्को घाममा आफै नै नेतृत्व गरेर विभिन्न ठाँउहरुमा मास्क वितरणबाट अभियान सुरुवात गर्नु भएको हो । एसपी अधिकारी नै निस्किएर यो अभियानमा प्रत्येक स्कुल पैदल यात्री पसलमा र सर्बसाधारणलाई मास्क लगाउन आग्रह गर्दै लापरबाही नगर्न सम्पूर्ण कपिलवस्तु जिल्ला बासीलाई आग्रह गर्नुभएको छ ।