• २०८० फाल्गुन २१ गते सोमवार

काठको पुल बनाउने क्रममा खसेर एकजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १०, काठमाडौं । मुगुको मुगम कमारोङ गाउँपालिका–५ सेरोकघाटमा काठको पुल बनाउने क्रममा खसेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसारकाठको पुलबाट खसेर ३१ वर्षीय छिरिङ तन्दुप लामाको सोमबार दिउँसो मृत्यु भएको हो ।

मुगम कमारोङ गाउँपालिका–५ सेरोकघाटस्थित कर्णाली नदीमा काठको पुल बनाउने क्रममा अचानक पुलबाट खसेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डोल्फु र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि २ सय मिटर टाढा शव फेला पारेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस