• २०८२ बैशाख ९ गते मङ्गलवार

प्रतिनिधिसभा बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १०, काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा वार्षिक प्रतिवेदन पेस गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले न्याय परिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन पेस गर्नुहुने संसद सचिवालयले जनाएको छ ।

त्यसपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले समितिको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस