• २०८१ फाल्गुन ५ गते सोमवार

काग्रेस महाधिवेशन : दलिततर्फ केन्द्रीय सदस्यमा नौ जना निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ७, काठमाडौँ । कांग्रेसको केन्द्रीय सदस्यमा समावेशी दलित तर्फबाट नौ जना निर्वाचित भएका छन् । खुलातर्फ मानबहादुर नेपाली, प्रकाश स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मीकि निर्वाचित भएका छन् ।

त्यस्तै, महिलातर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विश्वकर्मा निर्वाचित भएका छन् । खुलातर्फ निर्वाचित पाँचै जना नयाँ अनुहार हुन् भने महिलातर्फ शान्ति र रुपा नयाँ हुन् । खुलातर्फ निर्वाचित स्नेहीबाहेक सबै सभापति शेरबहादुर देउवा समूहका हुन् ।

प्रतिक्रिया दिनुहोस