• २०८१ चैत्र २ गते आइतवार

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा एपीएफको लगातार दोस्रो जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ७, काठमाण्डौ । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ८९ रनले हराएको छ ।धनगढीको फाप्ला मैदानमा आज बुधवार भएको खेलमा एपीएफले दिएको एक सय २९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १४ ओभरमा ३९ रनमै अलआउट भयो ।

सुदूरपश्चिमका लागि रुवी पोद्दार र रितु कनौजीयाले १०र१० रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ एपीएफकी करुणा भण्डारीले चार विकेट लिइन् ।आजको जितसँगै एपीएफले दुई खेलमा चार अङ्क बनाउँदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

आजको दोस्रो खेलमा अहिले प्रदेश २ र गण्डकी प्रदेश खेलिरहेका छन् । दुवै टोलीले आफ्नो पहिलो खेल हारेकाले सेमिफाइलनको आशा बचाइ राख्न आजको खेल जित्नैपर्ने दबाबमा छन् । समूह ुएु बाट प्रदेश १ शीर्ष र लुम्बिनी दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस