• २०८१ चैत्र १० गते सोमवार

नेपाल बार एशोसिएशनले बुझाए सभामुखलाई ज्ञापन पत्र

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६,काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई नेपाल बार एशोसिएशनले प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध जारी आन्दोलनबारे जानकारी गराउँदै ज्ञापनपत्र बुझाएका छन् । सभामुख सापकोटाले ज्ञापनपत्र बुज्दै सर्वोच्च अदालतको विषय अहिलेका लागि सबैभन्दा ठूलो विषय भएको बताएका छन् ।

“मैले न्पायालयको विषयमा बुझ्ने प्रयास गरिरहेको छु । तपाईंहरूले मलाई अझ राम्रोसँग बुझ्न सक्नु हुन्छ,” उनले भने । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतमा न्याय किनबेच भइरहेको बताएका छन् । गरिबका मुद्दा वर्षौंसम्म अल्झाएर पैसावालाका मुद्दा हेर्ने गरिएको उनको आरोप छ ।

“गरिबका मुद्दा वर्षौं अल्झिन्छन्, पैसावालका मुद्दा फास्टट्रयाकमा प्रधानन्यायाधीश आफैंले सुनुवाइ गर्छन् । गरिबको न्याय किनबेचमा छ । यसका विरूद्ध नेपाल बारले आन्दोलन गरिरहेको छ,” अध्यक्ष श्रेष्ठले भने । बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्रै सुनुवाई भएको एकमहिना भइसकेको भन्दै उनले तत्काल सर्वोच्चको अन्योल हटाउनु पर्नेमा जोड दिए । “ तर, प्रधानन्यायाधीश संवैधानिक बाटोबाट मात्र विदा लिन्छु भन्दै हुनुहुन्छ ।

यस्तो अवस्थामा दल र संसदको भूकिका आवश्यक छ,” अध्यक्ष श्रेष्ठले सभामुख र राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाउनु अगाडि भने, “हामी न्यायापालिकाको यो अवस्थाप्रति संसद र दलहरू किन चासो राखिरहेका छैनन् भनेर संसदको ध्यानाकर्षण गर्न सम्माननीयसमक्ष आएका छौं ।”

प्रतिक्रिया दिनुहोस