• २०८१ चैत्र १३ गते बिहिवार

जन्तीबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा जन्तीबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा।प्र। २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दीदा मोटरसाइकल चालक नुवाकोट घर भएका बासु बस्नेतको मृत्यु भएको हो ।

बसको ठक्करबाट मृत्यु भएपछि स्थानीयले बसमा तोडफोड गरेका छन् । घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने बसका चालक फरार भएका छन् । मृतक बस्नेत मेलम्चीमा रहेको मेरो फाइनान्स कम्पनीका कर्मचारी हुन् ।

प्रतिक्रिया दिनुहोस