• २०८१ चैत्र ३ गते सोमवार

टी–२० विश्व कप एसिया छनोटमा नेपाली महिला टोलीले आज हङकङसँग खेल्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, काठमाडौं। आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज हङकङसँग खेल्दै छ । खेल दुबईको आईसीसी क्रिकेट एकेडेमीमा बिहान सवा ११ बजे हुनेछ । टी–२० विश्व कप एसिया छनोटमा नेपालले हङकङसहित आयोजक यूएई, भुटान, मलेसिया र कुवेतसँग खेल्ने छ ।

राउण्ड रोबिन प्रणालीमा हुने प्रतियोगिताको विजेताले विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । नेपालले दोस्रो खेलमा भोलि भुटानसँग खेल्ने छ भने बिहीवार कुवेतसँग, शुक्रवार मलेसियासँग र आइतवार यूएईसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस