कात्तिक ५, काभ्रेपलाञ्चोक । बलात्कार मुद्दाका फरार काभ्रेपलाञ्चोक बेथान चोक गाउँपालिका–४ घर भएका रामहरी महतलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर जिल्ला अदालतले उनलाई २०७० भदौ २६ मा १० वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।
४२ वर्षीय महतलाई धुलिखेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका इन्स्पेक्टर अनिश बुढाथोकीले रातोपाटीलाई बताए । काभ्रेपलाञ्चोक जिल्ला अदालतको आदेशले उनलाई कारागारमा थुनामा पठाइएको छ ।