• २०८१ फाल्गुन ७ गते बुधवार

एमसीसी कानूनभन्दा माथि छैन, पास हुन्छ : प्रधानमन्त्री देउवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ५, धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कानून भन्दा माथि नरहेकोले पारित हुने बताएका छन् । गृह प्रदेश सुदूरपश्चिम पुगेका देउवाले आज बिहान धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलमा एमसीसी अनुदानमा आधारित परियोजना भएको बताउँदै नेपालकै कानून मातहत हुने दाबी गरे ।

उनले भने, ‘एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ, ‘विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी त अनुदान हो । ऋण होइन । उनीहरुले नै यो नेपालको कानून भन्दा माथि नरहेको स्पष्ट पारिसकेका छन् । एमसीसी पास हुन्छ ।

नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुन्छ त ? भन्ने पत्रकारको जिज्ञासामा देउवाले त्यसको सबै जिम्मेवारी निर्वाचन समितिलाई दिइएको बताए । ‘हाम्रो पार्टीभित्र निर्वाचन आयोग जस्तै निर्वाचन समिति छ । त्यो स्वायत्त समिति हो,’ देउवाले भने, ‘उहाँहरुको निर्णय सबैले मान्ने हो । उहाँहरुले निर्धारित मितिमै गर्नुभयो भने हुन्छ । सार्ने निर्णय गर्नुभयो भने सर्छ ।

अर्ली इलेक्सनबारे भइरहेको बहसबारे पत्रकारहरुले राखेको जिज्ञासामा प्रधानमन्त्री देउवाले त्यसबारे गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस