• २०८१ असार ३ गते आइतवार

४० किलो चाँदी जस्तो देखिने धातु सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, रौतहट । प्रहरीले ४० किलो चाँदी जस्तो देखिने धातु सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गौर नगरपालिका-४ स्थित गौर बसपार्कबाट ४० किलो चाँदी जस्तो देखिने धातु सहित सर्लाही मलंगवा नगरपालिका-२ बस्ने ३५ वर्षीय बिद्यानन्द साह सोनारलाई मंगलबार बिहान पक्राउ गरेको हो ।

काठमाडौं गौर चल्ने ज्वाला रात्री सेवा बसबाट झरेर पैदल हिँडिरहेका उनलाई अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा उनको साथबाट उक्त धातु फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई बरामद धातु सहित आवश्यक कारवाहीका लागि राजस्व कार्यालय पथलैया बारा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस