• २०८१ जेष्ठ ३१ गते बिहिवार

बेलायतमा एकै दिन ३१ हजार बढीमा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, एजेन्सी । बेलायतमा पछिल्ला पछिल्लो २४ घन्टामा ३१ हजारबढीमा कोरोना पुष्टि भएको बताइएको छ । बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले गएको २४ घन्टा यतामात्र करिब ३१ हजार ५६४ जना कारोना भाइरसका नयाँ सङ्क्रमित फेला परेका बताएका छ । बेलायतमा केही दिनयताको यो सङ्क्रमितको संख्या धेरै हो ।

यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार केही हप्तायता यहाँ ठूलो संख्यामा नयाँ सङ्क्रमितहरु थपिने क्रम जारी रहेको छ । हालसम्म सङ्क्रमितहरुको संख्या ७४ लाख ९६ हजार ५२० जना पुगेको छ । त्यसैगरी कोरोनाबाट मृत्युको संख्या १ लाख ३५ हजारभन्दा बढी पुगेको छ । गएको २४ घन्टामा मात्र यहाँ २०३ जनाको यही सङ्क्रमणबाट ज्यान गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस