असोज ६,रौतहट । रौतहटमा मोटरसाइकल दुर्घटनामा परेर एक जना युवकको मृत्यु भएको छ । देवाही गोनाही–६ घर भएका २५ वर्षीय पप्पु पटेलले चलाएको ना ४२ प ७१४२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
मौलापुर विद्युत् प्राधिकरणमा करारमा रहेका पटेल कटहरियाबाट घर जाने क्रममा गएराती बलुवा गाउँ नजिकै दुर्घटनामा परेका थिए । अचेत अवस्थामा रहेका पटेललाई उपचारको लागि प्रहरीले कटहरिया स्थित एउटा क्लिनिकमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कटहरियाका सई वीरेन्द्र यादवले बताएका छन् ।
मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको तथा दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।