• २०८१ फाल्गुन ७ गते बुधवार

ढलमा खसेर बालक बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, काठमाडौं । काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन ।

बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंँ महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति ती बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिइन् । स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस