• २०८० चैत्र १६ गते शुक्रवार

३ थान चितुवाको छाला सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, दाङ । प्रहरीले ३ थान चितुवाको छाला सहित ३ जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका-९ अमिलियाबाट ३ थान चितुवाको छाला सहित बैतडी पाटन नगरपालिका-६ बस्ने २० वर्षीय बिमल औजी लगायत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

कोहलपुर बाँकेबाट लमहीतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३ च ७६३८ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय अमलियाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त छाला फेला पारी कारमा सवार उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस