• २०८० फाल्गुन १२ गते शनिवार

पहिरोको जोखिममा मेलम्चीका ३४ घर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, ६ सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची नगरपालिका– ८ केउरानीका ३४ घर जोखिममा परेका छन्। पहिरोका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन्।

स्थानीयवासी कान्छामान दोङका अनुसार पोहोरदेखि नै पहिरो जान थालेका ठाउँमा यसपाली पनि पहिरो आएर खैरेका बस्ती जोखिममा परेका हुन्। निरन्तर पहिरो खस्न थालेपछि स्थानीयवासी त्रसित भएको उनले बताए।

पटकपटक वडाका  प्राविधिकलाई यसबारे जानकारी गराउँदा पनि चासो नदिएको उनले गुनासो गरे। वडा नम्बर ८ का वडाध्यक्ष ठकराज गिरीले उनीहरुलाई तत्काल अस्थायी बासको व्यवस्था गर्नुपर्ने बताए।

यसअघि जिल्ला विपत् व्यवस्थापन समितिलाई जानकारी गराई बस्तीको विज्ञसहित अनुगमन गर्न आग्रह गरिएको तर सुनुवाइ नगरेको उनको भनाइ छ। वडाध्यक्ष गिरीले तत्काल नगरपालिकामा जानकारी गराइ प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन लागिपर्ने प्रतिबद्धता जनाए। उनले भूर्गवविद्को टोली ल्याई बस्तीको अध्ययन गराउनुपर्ने बताए।

 

प्रतिक्रिया दिनुहोस