भदौ, ६ काठमाडौं । प्रशोधित आनेपानीको जारमा शुक्रबार मरेको भ्यागुतो भेटिएको छ। सदरमुकाम गाईघाट बजारमा सिल गरिएको खानेपानी जारभित्र मरेको भ्यागुतो भेटिएको हो ।
बजारकै कृष्ण स्टेशनरी नजिकै रहेको काल्र्स फार्मेसी सञ्चालक प्रतिमा चौधरीले खरिद गरेर ल्याएको पानीको जारभित्र मरेको भ्यागुतो फेला परेको बताउनुभयो । दिउँसो खाजा खाने बेला सिल गरिएको जार खोलेर हेर्दा मरेको भ्यागुतो भेटिएको उहाले बताउनुभयो ।
गाईघाटमा रौता कम्पन्नीको खानेपानी उत्पादन सञ्चालित छ । त्यसबाहेक जिल्लाबाहिरका विभिन्न प्रशोधित खानेपानीका डिलर राखेर बेच्ने गरिएको छ। भ्यागुतो भेटिएको खानेपानीको जारमा उत्पादक कम्पन्नीकाे लेबल नटाँसिएकाले रौताको हो वा अन्य कम्पन्नीको भन्ने पहिचान हुन सकेकाे छैन्। जारमा कुनै लोगो पनि नभेटिएका कारण पहिचान हुन गाह्राे भएकाे हाे ।
खानेपानीमा मरेको भ्यागुतो भेटिएपछि स्थानीयले तत्काल जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए । तत्काल कार्यालयका नायव सुब्बा दिलबहादुर धौलाकोटीको टोलीलाई घटनास्थल पठाएर अनुसन्धन सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयाे । सञ्चालक आफू सदरमुकामबाहिर रहेका कारण अनुसन्धानमा ढिलाइ भएकाे बताइएकाे छ । प्रशासनले पनि उत्पादक र बिक्रेतालाई पत्राचार गरी कारबाही अघि बढाएको जनाएको छ।