काठमाडौं, ७ साउन । चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका युवकको टाउकोमा गोली लागेको पुष्टि भएको छ ।
युवकको टाउकोमा गोलीको चोट भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (डिएसपी) सूर्य बहादुर थापाले बताए । घटनास्थलमा गोलीको खोका फेला परेको छ ।
बिहीबार मृत फेला परेका युवकको शव पोष्टमार्टमको लागी भरतपुर अस्पतालमा राखिएको छ । मृतकको सनाखत हुन नसकेको डिएसपी थापाले बताए ।
अन्यत्र घाउ चोट देखिएको छैन । गए राति उनको गाली हानेर हत्या गरेको हुनसक्ने बताइएको छ ।