• २०७९ असोज ९ गते आइतवार

संसदीय समितिमा ओली पक्षका सभापति पोखरेलले गरे सांसदहरूलाई स्वागत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं, ७ साउन । प्रतिनिधि सभा अन्तरगत रहेको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले  समितिका सांसदहरूलाई स्वागत गरेका छन् । बिहीबार  सिंहदरबारमा बसेको समितिको बैठकमा उनले प्रतिनिधि सभा पुनर्स्थापना पछि पुन: भेट भएको भन्दै समिति बैठकमा स्वागत गरेका हुन् ।

उनले संसद् विघटनका कारण द्रुतगतिमा अघि बढिरहेको कामले गति लिन नपाएको बताए । उनले भने, ‘पहिलो पटक संसद् विघटनपछि पुनर्स्थापना भए पनि बिजनेस नहुँदा काम अघि बढ्न पाएन । अहिले फेरि हामी पुनर्जीवित भएर आएका छौ, यहाँहरू सबैलाई स्वागत छ ।’

प्रतिनिधि सभा दोस्रो पटक पुनर्स्थापना पछि बसेको समितिको पहिलो बैठकमा नयाँ कानुन मन्त्रीलाई स्वागत गर्ने, धनुषा र रौतहटमा प्रहरी हिरासतमा युवाको मृत्यु भएको घटनाबारे छानबिन गरी प्रतिवेदन बुझाउने विषयबारे छलफल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस