असार ८, कैलाली । चोरी मुद्दाका फरार प्रतिवादी धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँ बस्ने महेश रानालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीको २०७६ जेठ १५ गतेको फैसलाले चोरी मुद्दामा १९ दिन कैद र १ लाख ६ हजार १ सय २३ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले धनगढी उपमहानगरपालिका-८ बाट पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका-१ बशन्तटोल बस्ने ३५ वर्षीया शान्ति चौधरीको घरबाट ल्यापटप, मोबाईल र नगद गरी जम्मा १ लाख ४० हजार ६ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेको घटनामा अदालतले उक्त कैद तथा जरिवाना फैसला गरेको थियो । उनलाई कैद भुक्तान र जरिवाना असुलीका लागि कैलाली कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।