• २०८१ चैत्र १२ गते बुधवार

युरोकपमा आज दुई खेल हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ८, एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज मंगलबार दुई खेलहरु हुँदैछन् ।युरोकपको समूह चरण अन्तर्गत आज राति समूह डी का दुई खेलहरु हुनेछन् । जसमा इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्ने छन् ।


इंग्ल्यान्डले वेम्बली स्टेडियममा चेक रिपब्लिकसँग राति १२ः४५ बजे खेल खेल्नेछ । आज इंग्ल्यान्ड चेक रिपब्लिकलाई हराउँदै नकआउट चरणमा पुग्ने योजनामा रहेको छ । इंग्ल्यान्ड २ खेलमा ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । चेक रिपब्लिक पनि इंग्ल्यान्डलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । चेक रिपब्लिक २ खेलमा ४ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । बराबरले समेत चेक रिपब्लिक अर्को चरणको यात्रा गर्नेछ ।

यसै समूहको अर्को खेलमा क्रोएसिया र स्कटल्याण्ड राति १२ः४५ खेल खेल्नेछन । हाम्पडेन पार्कमा दुबै टिम जित निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायम राख्न चाहन्छ । यस समूहमा क्रोएसिया २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । स्कटल्याण्ड २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।

https://khabar24nepal.com/06/22/2021/75753

प्रतिक्रिया दिनुहोस