जेठ ८, कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा निवर्तमान मन्त्री लेखराज भट्ट र नेकपा एमाले कैलाली इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य नारद मुनी रानाको पहलमा २ सय सिलिन्डर अक्सिजन धनगढी पुगेको छ। अक्सिजन नपाएर उपचारमा समस्या झेलिरहेका कोरोना सङ्क्रमितहरूलाई अब केही राहत हुने भएको अपेक्षा गरिएको छ।
सबै भन्दा धेरै अक्सिजनको समस्या झेलिरहेको सेती प्रादेशिक अस्पताल ११० सिलिन्डर अक्सिजन उपलब्ध गराइने भएको छ। गेटा अस्पताल ५० र महाकाली अस्पताल ४० सिलिन्डर उपलब्ध गराइने सांसद रानाका स्वकीय सचिव कमल रानाले बताए। निर्माणाधीन गेटा मेडिकल कलेजमा ५० सिलिन्डर अक्सिजन आए लगत्तै कोरोना सङ्क्रमितहरूको उपचार थालिने बताइएको छ।