जेष्ठ ८, काठमाडौँ । नेकपा एमालेको नेतृ रामकुमारी झाँक्रीलाई पार्टीले कारवाही गर्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास वालुवाटारमा आज बसेको पार्टीको स्थायी कमिटीको बैठकले नेतृ झाँक्रीलाई कारवाही गर्ने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले झाँक्रीसहितका ११ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले पार्टीको हित, ह्वीप तथा विधि, विधान विपरित गतिविधिमा संलग्न भएका पार्टीका ११ जना निवर्तमान सांसदलाई स्पष्टिकरण सोधेको हो ।
११ जनामा माधव नेपाल, झलनाथ खनाल, डा. भिम रावल, रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, सरला यादव, लक्ष्मी चौधरी, कल्याणी खड्का, पुष्पाकुमारी कर्ण, कलिला खातुन, निरादेवी जैरु लगायतका सांसदहरु रहनुभएको छ । उहाँहरुको स्पष्टिकरणको प्रकृति हेरी बाँकी कारवाहीको वारेमा पछि निर्णय गर्ने प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।