जेठ ८, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमणका दुई हजार ३१८ जना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा पछिल्लो चौबीस घण्टामा एक हजार ८११, भक्तपुरमा १७९ र ललितपुरमा ३२८ जना सङ्क्रमित थपिएका छन् ।
काठमाडौंमा हाल २० हजार १६६ जना, ललितपुरमा हाल छ हजार ४४८ जना र भक्तपुरमा हाल चार हजार ६१८ जना सक्रिय सङ्क्रमित छन् । यस्तै काठमाडौंमा एक लाख ५३ हजार ९९५ जना, ललितपुरमा २३ हजार १६८ जना र भक्तपुरमा १३ हजार १०० जना सङ्क्रमित निको भएका छन् । यस्तै काठमाडौंमा एक हजार ४०३ जना, ललितपुरमा हालसम्म ३६७ जना र भक्तपुरमा २७४ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।