जेष्ठ ८, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणा स्वागतयोग्य कदम भएको बताउनुभएको छ । नेता लिङ्देनले महामारीका बेला निर्वाचन सम्पन्न गर्न प्राविधिक कठिनाई भएपनि यो उपयुक्त कदम भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको संसदले प्रभावकारी ढंगले काम नगरेको अवस्थामा र सरकारका लागि कसैले बहुमत नजुटाएको अवस्थामा यो अवश्यम्भावी थियो । विधी प्रक्रियाको कुरा एउटा ठाउँमा छ तर अहिले संसदको जुन विकृत अवस्था देखिएको थियो, अब नयाँ प्रणालीका लागि निर्वाचनमा जानुपर्छ ।’