• २०८१ असोज २२ गते मङ्गलवार

गाउपालिकाले लगायो यार्सागुम्वा संकलनमा बन्देज

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

जेष्ठ ०८ मुगु । कर्णाली प्रदेशको जडिबुटिले खानी मानिएको मुगु जिल्लामा यस वष पनि यार्सागुम्बा संकलनमा रोक लगाइएको छ । पछिल्लो समय कोभिड १९ को दोश्रो लहरले आक्रान्त पारिहरेको अवस्था लाई मध्येनजर गर्दे मुगुमकार्मारोगं गाउपालिकाको जेठ २ गते बसेको कार्यपालिकाले बैठकले यस वर्ष यार्सागुम्बा सकलनमा रोक लगाउने निर्णय गरेको हो ।

बैशाख १८ गते बसेको कार्यापालिकाको बैठकले यार्सागुम्वा संकलन खुल्ला गर्ने निर्णय गरेको थियो विस्तारै गाउपालिका पनि कोरोना बाट अछुतो नहरहेकाले बन्द गर्नु परेको हो । जडिबुटीको दानी भएको यस गाउपालिकामा र बहुमुल्य जडिबुटि पाईने यार्सागुम्बा संलकनमा पनि रोक लगाइएको मुगुमकार्मारोगं गाउपालिकाले जनाएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा पाईने बहुमुल्य जडिवुटिले गर्दा यहाको आयस्रोत नै प्रमुख बनेको थियो । जिल्लामा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनले झनै ठुलो बिपत्ती ल्याउने र सुरक्षाको कारण सबैभन्दा जोखिम भएका कारणले संकलनमा रोक लगाइएको मुगुमकार्मारोग गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले जानकारी दिए ।

No description available.

मुगमकामारोङ्ग गाँउपालिकाको निर्णय अनुसार गाँउपालिकाको सानो कोईकी, ठूलो कोईकी, हाङदाङ खोला, छापाखोला, डोल्फु पाटन, रिमाट लगायत दर्जनौ पाटनमा पाईने र्यासागुम्बा संकलनको लागी यो बर्ष विश्व भरी फैलिएको महामारी कोरोना भाईरसको कारण र्यासागुम्बा संकलनको लागी बाहिरि जिल्ला र जिल्ला भित्र बाट हजारै मानिसको जमघट भेलाहुर्ने हुदा महामारी कोरोना भाईरस फैलिन सक्र्ने सम्भावना भएको हुदा यो बर्षको लागी जडिबुटी संकलनको लागी गाँउपालिकाको निर्णय गरि रोक लगाईएको मुगमकामारोङ गाँउपालिकाका अध्यक्ष छिरिङ्ख क्याप्ने लामाले बताए ।

No description available.

बिगतका बर्षहरुमा बहुमुल्य जडिबुटी यार्सागुम्वा संकलनको लागी बाल बच्चा, युवा युवति,बिद्यार्थिहरु समेत पाटन क्षेत्रमा जार्ने गरेका थिए भने र्यासागुम्बा बाट मात्र लाखौ रुपैयाको गाँउ पालिकाले राजश्व संकलन गर्ने गरेको थिए गएको वर्ष देखि र हलिे पनि पालिकाको लाखौ राजश्व उठ्न बाट पुर्ण विराम लागेको गाउपालिकाले जनाएको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस