जेठ ८, काठमाडौं । संसदमा रहेका पाँच दलले मध्यरातमा संसद विघटन गरेर चुनावमा जाने कदमलाई प्रतिगमनको संज्ञा दिदै कानुनी र राजनीतिक रुपमा संयुक्त संघर्ष गर्ने निर्णय गरेका छन्। संसद भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल समूह), जनता समाजवादी पार्टी नेपालको (उपेन्द्र यादव पक्ष) र जनमोर्चाको संयुक्त बैठकपछि यस्तो निर्णय गरेको हो।
बैठकपछि पाँच दलहरूले निकालेको संयुक्त विज्ञप्तीमा संसद विघटन गर्ने कदमलाई प्रतिगमनको संज्ञा दिँदै त्यसलाई कानूनी र राजनीतिक प्रतिवाद गरेर संघर्ष गर्ने उल्लेख छ। वक्तव्यमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाबाट दुर्गा पौडेलको हस्ताक्षर छ ।
हेर्नुहोस विज्ञप्ती