• २०७९ मङ्सिर १७ गते शनिवार

नेपाली जनता सुतेको बेला मध्यराति प्रतिनिधि सभाको हत्या भयो : कांग्रेस सभापती देउवा (विज्ञप्ति सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ८, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै नेपाली जनता सुतेको बेला मध्यराति प्रतिनिधि सभाको हत्या गर्ने काम भएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् । उनले राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेको गम्भीर आरोप लगाएका छन् ।

‘यो सरकार गठनपछि निरन्तर रुपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन, विधि र पद्धतिको वेवास्ता र संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको छ’, देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस विज्ञप्ती

प्रतिक्रिया दिनुहोस