• २०८१ चैत्र १२ गते बुधवार

भक्तपुरमा मोटरसाइकल र्दुघटना हुदा एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ९, भक्तपुर। भक्तपुरको गठ्ठाघरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । प्रहरीलेका अनुसार बुधवार राति बा ३ ख ४४६५ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको रा २ प ४४३७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडि बस्ने कैलालीको धनगढीका ४३ वर्षीय पद्मराज पाठकको मृत्यु भएको हो ।

पाठकको उपचारका क्रममा बुधवार राति मध्यपुर अस्पताल थिमिमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक दाङका २५ वर्षीय उमेश चौधरी घाइते भएका र उनको बाँसबारीमा रहेको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस