• २०८१ फाल्गुन ७ गते बुधवार

लामबरमा अनियन्त्रित सवारी आवागमनले समस्या

खिमराज गिरी पढ्न लाग्ने समय : २ मिनेट

बैशाख ९, काठमान्डौ जिल्लाको उत्तरी भेगमा अबस्थित तारकेस्वर नगरपालिका वार्ड न ८ अन्तर्गत पर्ने लामबगरको सडकमा दैनिक यातायातको चाप बढ्दै गएको छ । बाइपास, शेषमति, गैरीगाउँ, जरन्खु पुल हुँदै एउटा मार्ग काभ्रेस्थली जान्छ भने अर्को मार्ग तीनपिप्ले हुदै लामो रुट नुवाकोट पुग्ने भएकोले पनि होला यो सडकमा दैनिक यातायातको चाप बढीराखेको स्थिति छ ।

एकातिर गाडी चालकले अनियन्त्रित तरिकाले बस चलाउने र जहाँ पायो त्यही स्टेशनमा यात्रु चढाउने र ओराल्ने प्रबृतिले त झन दुर्घटना निम्त्याइरहेका छ भने अर्कोतिर ढुवानी सेवाका मालवाहक ट्रक, गाडीहरुको आवागमनले पैदल यात्रु तथा अन्य सवारी साधनलाई समेत अवरोध पुर्याइराखेको अबस्था छ । यस सम्बन्धमा स्थानियको व्यापक जनगुनासो रहेको छ । स्थानियका अनुसार यसको निराकरणको लागि शेषमति पुल, शान्तिटोल गेट आसपास, शिब मन्दिर र जरन्खु पुलको आसपासमा दुई दुई वटाको दरले बस स्टप को बोर्ड राख्न सक्यो भने केही हदसम्म यो समस्याको समाधान हुने थियो ।

सडकमा कहिले सडक जाम त कहिले दुर्घटना हुने हुनाले यसतर्फ सम्बन्धित निकायको ध्यान जान नसकेको जनगुनासोका बित्र शेषमतीमा ट्राफिक प्रहरी रहने गरिएको भएपनि लामो दुरी एवम धेरै सवारी साधन भएपनि २ जनामात्र ट्राफिक प्रहरी हुनाले प्रयाप्त काम हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस