माघ ९, मुगु । नेपालको ठूलो ताल रारा तालले चिनिने मुगु जिल्लाको एक मात्र छाँयानाथ रारा नगरपालिका वडा नम्बर ९ मुर्मा रारा बासिले बत्तिको पोल ठड्याईउको चार बर्ष बिति सक्दा पनि हाल सम्म बत्ति बल्न सकेको छैन ।
गमगढी बजारमा रहेको गमगढ साना जलबिद्युत आयोजनाले रारा र मुर्मा गाँउलाई बिद्युत पुर्याउने लक्ष्यका साथ ४ बर्ष पहिला बत्तिको पोल सदरमुका गमगढी देखी रारा सम्म हालेको थियो भने पुर्न गमगाढ साना जलबिधुत आयोजनाले रारा मुर्मा गाँउ सम्म बत्ति पुर्याउने लक्ष्यका साथ कार्य अगाढी बढाए पनि हाल सम्म बत्ति नपुग्दा स्थानिय बासि पोल देखाएर मात्र भएन भनेर धेरै पटक कार्यालयमा पुग्दा रारा राष्ट्रिय निकुञ्ज र ठेक्कादारको कमजोरी भएको बताउदै घर फ्काउर्ने गरेका छन ।
छिटै काम हुन्छ भन्छन । दिवाले .झरो)ल्याउन बन तिर जादा निकुञ्जले कारवाई गर्छ एता बत्ति को काम कुन निकायको कमजोरी हो अहिले सम्म बत्ति आएको छहिन समयमा सरोकार वालाहरुको ध्यान नजादा लापरवाई गरेको हुदा बत्ति देख्न सर बत्ति बाट पाउर्ने सेवा लिन नपाएको स्थानिय बासिहरुको गुनासो रहेको छ ।
रारा कन्टक्सन कम्पनीलाई २०७४ सालमा चैत्र महिनामा रारा मुर्मा गाँउ सम्म ६८ स्थानमा बत्ति पोल हाल्र्ने ३६ सय मिटर सिंगल लाईन तार तान्ने र ३ किलो मिटर त्रिफेज तार तान्ने कामको जिम्मा १ बर्ष भित्र काम सक्ने गरि १० लाखमा सम्पन्न गरि लिएको भए पनि पुर्न समयमा काम सम्पन्न नहुदा पुर्न ठेक्कादार लाई काम गर्नको लागी २०७७ साल असोज २ गते १ बर्षको लागी समय थप गरे पनि अहिले सम्म काम पुरा नभएको बिशेष गरि रारा राष्ट्रिय निकुत्तञ्ज र कोरोनाले काम समयमा सम्पन्न गर्न नसकेको र केही ठेकेदारको कमजोरीको कारण समयमा काम नबनेको हो अब चाडै ठेक्कादार सग सम्झौता अनुसारको काम सकेर थप काम गरी रारा र मुर्मा गाँउमा बत्ति पुराउने लक्ष्य लिएको गमगाढ साना जलबिधुत आयोजना कार्यालयका प्रमुख दिनेश पौड्यालले बताए ।
यता रारा मुर्मा गाँउ सम्म बत्ति पोला हाल्ने र तार तान्ने काम अथात गमगाढ साना जलबिधु आयोजना संग गरेको सम्झौता अनुसार काम ९५ प्रतिशत गरी सकेको ठेकेदारको दाबि गरेका छन । बिशेष गरि काम ठिलो हुनाको कारण गमगाढ साना जलबिघुत आयोजनाले पहिले रारा राष्ट्रिय निकुञ्ज संग काम गर्ने अधि अनुमति नलिई ठेक्का गरेको हुदा काम गर्ने सिल सिलामा निकुञ्ज बाट समय समय सम्म अवरोध आउदा ढिला भएको हो पछिल्लो समयमा रारा राष्ट्रिय निकुञ्ज बाट काम गर्ने अनुमति २ पटक गरि ९० दिन भित्र काम सम्पन्न गर्ने अनुमति पाए पछि थोरै काम केही बाँकी भए पनि सबै काम सम्पन्न भै सकेको छ । कामको जिम्मा लिएका रारा कन्टक्सन कम्पनिका प्रोपाईटर कालि बहादुर रावलले बताए ।
रारा राष्ट्रिय निकुञ्जले बिधुत तार तान्ने पोल हाल्र्ने अनुमति दिए पछि लाईन लिने क्रममा निकुञ्ज भित्रका धेरै हरियो सल्लाका रुखहरु काटीएका छन । रारा मुर्मामा बत्ति नहुदा रारा घुम्न आउर्ने पर्यटकहरुलाई मोवाईल क्यामरा चार्ज गर्न , निकुञ्ज र नेपाली सेनाहरुको दैनिकि अफिसको कार्यामा समस्या आउर्ने गरेको छ भर्ने मुर्मा टपमा रहेको टेपाल टेलिमक टावर ,रेडियो नेपालको रिले टावर का साथै मुर्मा गाँउमा रहेको सामुदाय बिद्यालयमा रहेका दर्जनै कम्यूटरहरु सन्चालनमा नआउदा माकुराको जालो समेत लागेको स्थानिय मुर्मा गाँउका देबिसिह रोकायाले जानकारी दिए ।