• २०७९ मङ्सिर १७ गते शनिवार

शीतलहरका कारण विद्यालय बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९,बुटवल। शीतलहरका कारण अत्यधीक चीसो बढेपछि तीन दिनसम्म विद्यालयहरु बन्द गर्न बुटवल उपमहानगरपालिकाले निर्देशन दिएको छ । बिहीबार विहानदेखिको शीतलहर र अत्यधिक चिसोका कारण लुम्बिनी प्रदेशका तराई क्षेत्रको जनजीवन बढी प्रभावित बनेको छ ।

चिसो बढेसँगै विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने र पढाइ प्रभावित हुने भएकाले बुटवल उपमहानगरपलिकाले माघ ९ देखि माघ ११ गतेसम्म विद्यालय बिदा गर्न निर्देशन दिँदै सो बिदा स्थानीय बिदाबाट कटौती गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस