पुस ६ , कौलालि । धनगढी विमानस्थलका लागि भनेर अवैधरुपमा जग्गा अधिग्राहण गरेपछि धनगढी विमानस्थलमा स्थानियले प्रदार्शन गरेका छन ।अनधिकृत रुपले जग्गा रेखाङ्कन गरि विमानस्थलको दक्षिण र पूर्वपट्टीको करीब एक किलोमिटर क्षेत्रमा जग्गाधनीलाई जानकारीसमेत नदिएर सिमेन्टका पिलर गाडिएपछि आक्रोशित स्थानीयले नाराबाजीसहित सोमबार प्रदर्शन गरेका हुन् ।
विमानस्थल कार्यालय र स्थानीय प्रशासनको जानकारीमा पनि नरहेको भन्दै कसरी आफुहरुको जग्गामा रेखाङ्कन गरिएको भनेर स्थानियहरुले विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टलाई भेटेर अवैध रुपमा रेखाङ्कन गर्ने व्यक्ति पत्ता लगाएर कारवाही गर्न माग गरेका छन् ।
शनिबार बिहान रेखाङ्कन गरेर पिलर हालेको देखेपछि स्थानीय विरोधमा उत्रिएका हुन् ।उक्त विषयमा स्थानीयले जानकारी गराएपछि मात्रै थाहा भएको र त्यसमा विमानस्थल कार्यालयको कुनै संलग्नता नरहेको जनाएको छ ।