मंसिर ५, मुगु । मुगुको सोरु गाउँपालिकाका किसानहरुले पाखो पारीमा दाँते ओखर लगायत अन्य विरुवाहरु रोपेका छन् । उनीहरुले आर्यआर्जनको लागि सो बारीमा ओखर लगायत अन्य विरुवा रोपेका हुन ।
विभिन्न सहयोगी दाता र हिमाली ग्रामीण क्षेत्रमा दिगो जीविकोपार्जन तथा जैविक विविधता संरक्षण परियोजनाअन्तर्गत सोरु गाउँपालिका वडा नम्बर १, २ र ४ का किसानलाई उक्त बिरुवा रोपेका हुन । हिमचुलि कृषि सहकारी संस्थाका किसानहरुले १ हजार ६ सय वटा दाँते ओखरका बिरुवा रोपेको मालिका सामुदायिक विकास केन्द्र मुगुका जिल्ला संयोजक निरु कुमारी शाहीले बताईन ।
उनका अनुसार सोरुका किसानलाई व्यावसायिक र कृषि क्षेत्रबाट आम्दानी लिन सक्ने बनाउन विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको हो । जिल्लाको अन्य स्थानीय तहभन्दा सोरु क्षेत्रमा यस्ता बिरुवाको उत्पादन तथा खेती हुने भएकाले किसानलाई वितरण गरिएको हो । तीन सहकारी र तीन वटा कृषि सहकारीलाई पनि बिरुवा वितरण गरिएको छ ।
जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिकाका युवा युवति लाई क्षमता विकास तालिम प्रदान गरिएको छ । टिडिएच-बिएमजेट,जर्मनको आर्थिक सहयोग ,मानव अधिकार तथा वातावरण बिकास केन्द्र (हुरेन्डेक)नेपाल,कालिकोट, मालिका सामुदायिक विकास केन्द्र,मुगूको सहजीकरणमा सोरुका वडा नं १,२,४ का युवा युवति लाई सो तालिम प्रदान गरिएको हो ।
परियोजना स्तरमा समुदायहरुको प्राकृतिक स्रोत साधनको दिगो सदुपयोग र सम्र्वद्धनमा सम्वन्धित सामुदायिक समुहहरुको क्षमता विकास गरि जिविकोपार्जनमा सुधार ल्याई बालविवाह बहुविवाह जस्ता समाजमा घट्ने परिघटना लाई युवा युवतिको पनि ठुलो देन रहेन हुदा उनीहरु लाई सक्षम सल बनाउन तालिम प्रदान गरिएको मालिका सामुदायिक विकास केन्द्र मुगुका जिल्ला संयोजक निरु कुमारी शाहीले बताईन । उनका अनुसार यहाका युवायुवति लाई सो तालिम प्रदान गरिएको हो । तालिम पश्चात यवायुवतिहरुले समाज रुपान्तरण लगायत अन्य विकासे योजनामा उत्तिकै फड्को मार्ने बताईन ।
स्वावलम्वि संस्थाको निर्माण गर्ने ,कार्यक्रम संचालीत पालीकाहरुमा दिगो कृषि व्यवसाय गरि जिविकोपार्जन लाई सुरक्षित गर्ने। परियोजना संग सम्वन्धित रहि स्थानिय निकायलाई राष्ट्रिय स्तरमा सहभागि बनाइ पैरवि गराउँने लगाएतका विषयमा यो कार्यक्रमको लक्ष्य रहेको बताईएको छ ।