• २०८१ मङ्सिर २३ गते आइतवार

बुढानिलकण्ठ-९ को अध्यक्षमा थिङको तयारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा अध्यक्षमा दिलिप थिङ हुने भएका छन । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थिङ युवा पुस्तामा चिर परिचित नाम हो ।

कार्तिक ६ गते हुने वडा अधिवेसन पश्चात बन्ने नयाँ कमिटीले वडा नं ९ मा संगठन निर्माण र विकास निर्माणको क्षेत्रमा विशेष योजना बनाएर लागु गर्ने बताउदै अध्यक्ष थिङले जनसंगठन निर्माणलाई प्राथमिकतामा राख्ने योजना रहेको जानकारी दिएका छन। उनले वडाका विभिन्न क्षेत्रमा टोल कमिटी गठन गर्दै युवा मैत्री संगठन विस्तारको योजना रहेको बताएका छन । उनले वडाका विकास निर्माणमा सदा समर्पित हुने बताउदैं आफ्नो कार्यकालमा वडाको आकुल परिवरेतन गर्ने बताए । उनले आउदै गरेको स्थानिय चुनावमा पार्टीको उमेद्वारलाई विजयी गराएर एमालेको काल किल्ला वडा घोषणा गर्ने समेत बताए ।

नेकपा एमालेद्वारा आयोजित कार्यक्रम तथा आन्दोलनमा अग्रिणी भुमिका खेल्ने थिङले कार्तिक ६ गते ११ बजे  लोयल्टी एकेडिमी, एकता बस्तीमा हुने वडा अधिवेसनमा सक्रियता पुर्वक सहभागी हुनका लागि अनुरोध गरेका छन ।

प्रतिक्रिया दिनुहोस