• २०८१ असार ३ गते आइतवार

एमालेमा १० बुँदेको कचकच : ढिलागरी बैठकमा गए भीम रावल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ४, काठमाडौं । नेकपा एमालेमा फेरि १० बुँदे सहमतिको विषयमा लफडा सुरु भएको छ । एमाले स्थायी समिति बैठकको अघिल्लो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदेको औचित्य नभएको अभिव्यक्ति दिएपछि असन्तुष्टि चुलिएको हो ।

ओलीको अभिव्यक्तिलाई लिएर तेस्रो धारका नेताहरु भीम, रावल, घनश्याम भुसालले सार्वजनिक रुपमै असन्तुष्टि जनाइसकेका छन् । ओलीले बुधबार बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा पार्टीका कतिपय नेताहरुलाई ‘१० बुँदे, १० बुँदे भनेर ट्याङ ट्याङ नगर्न’ चेतावनी दिएका थिए ।

ओलीको सो अभिव्यक्तिपछि उपाध्यक्ष समेत रहेका रावलले पार्टीलाई एकताबद्ध बनाएर लैजाने हो भने सहमति कार्यान्वयनको हुनुपर्ने जवाफ ओलीलाई फर्काएका थिए । रावलले ट्वीटरमा ओलीलाई जवाफ फर्काएका छन्–‘१० बुँदे सहमति ‘एकतारे’ होइन, पार्टी एकता बचाएर देशहितका लागि बजाइएको ११ तारे बिगुल हो । यसको धून संस्थागत भइसकेको छ । सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ ।’

प्रतिक्रिया दिनुहोस