• २०७९ असोज ९ गते आइतवार

अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, बारा । प्रहरीले अवैध लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले परवानिपुर गाउँपालिका-५ गण्डक चोकबाट नियन्त्रित लागूऔषध ६० ट्याब्लेट नाईट्राभेट सहित जितपुर सिमरा उपमहानगरपालिका-८ टेरा टोल बस्ने २४ वर्षीय हजरत अली अंसारीलाई सोमबार बेलुका पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटीएको प्रहरीले जाँच गर्नेक्रममा अंसारीको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस