• २०८१ फाल्गुन ७ गते बुधवार

तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत ७ हजार १ सय ३८ जनालाई मास्क वितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, काठमाडौं । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ७ हजार १ सय ३८ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ११ लाख ४६ हजार ९१ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ६ सय ९४ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेट सहितको ५३ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ८ हजार ७ सय ७७ जनालाई सचेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस