• २०८१ साउन ३ गते बिहिवार

डा.गोविन्द केसीको अमेरिकामा शान्तिपूर्ण प्रदर्शन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीले आज अमेरिकामा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

विश्व शान्ति दिवसको अवसरमा डा. केसीले अमेरिकाको भर्जिनियामा प्रर्दशन गरिरहेका छन् ।

दुई दिने प्रदर्शन अमेरिकी समयअनुसार दिउँसो एक बजेदेखि चार बजेसम्म हुनेछ । डा. केसी अमेरिकाको संयुक्त राष्ट्र संघको कार्यलयमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अमेरिका गएका हुन् ।

स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार र सुशासनका लागि आन्दोलन गर्दै आएका डा. केसी बिहीबार अमेरिका प्रस्थान गरेका थिए। सोलिड्यारिटी फर डा. केसी एलाइन्सको आयोजनामा सो प्रदर्शन भएको हो ।

प्रतिक्रिया दिनुहोस