काठमाडौं, ६ साउन । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वान क्यापेलरबीच भेटवार्ता भएको छ।
यादवसँग पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बुधबार दिउँसो भेटघाट भएको हो। भेटघाटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका साथै समसामयिक विषयमा छलफल भएको यादवको सचिवालयले जनाएको छ।