• २०८१ चैत्र ५ गते बुधवार

कुरा मात्र हैन काम गरेर देखाउछौ : इप्रका तुल्सीपुर डिएसपी अर्याल

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

साउन ६, दाङ । ईलाका प्रहरी कार्यालय तुल्सीपुरमा भर्खरै सरुवा भएर आउनु भएका प्रहरी प्रमुख डिएसपींले “कुरा मात्र हैन काम पनि गरेर देखाउछौ”भनेर प्रतिबद्धता व्यक्त गरेका छन ।

मंगलबार एबिसी संचार लगएतको मिडियाहरुसंग कुराकानीमा उनले स्थानीय सरकार संग समन्वय गरेर आवस्यक स्थानमा अधुरो रहेको सिसिटिभी क्यामेरा जडान गर्ने चोक चोकमा प्रहरी बिट राख्ने ट्राफिक चेकजाँचलाई निरन्तर कडा रुपमा प्रस्तुत गर्ने बताएका छन ।

“जुवा तास सामाजिक अपराध हो , यसले आफू मात्र नभई परिवार र समाजलाई बदनाम गराउछ , घर न घाटको बनाएर सडकमा ल्याउछ ” भन्दै डिएसपी अर्यालले जुवातास विरुद्ध अर्थात सामाजिक अपराध विरुद्ध आफू खरो रुपमा उत्रने बताएका छन ।
डिएसपी अर्यालले आत्महत्या न्यूनीकरण गर्नकालागी स्थानीय सरकार संग समन्वय गरि आत्महत्या सम्बन्धिको बुक (किताब) तयार गरेर सामुदायिक प्रहरी साझेदारि मार्फत शहर गाउँगाउँमा सम्म लिएर प्रचार गर्ने समेत बताएका छन ।

लागूऔषध सम्बन्धि डिएसपी अर्यालले तराई जिल्लाबाट भित्रीएको हुन सक्छ भन्दै सिबिल प्रहरीलाई अनुसन्धानको लागी परिचालन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस