• २०८१ चैत्र १० गते सोमवार

कैलालीमा टिप्परको ठक्करबाट एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ७, कैलाली । टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धनगढी उपमहानगरपलिका-३ बोराडाँडीमा शनिबार साँझ टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार कञ्चनपुरको शुक्लाफाँटा –१० झलारीस्थित एला आयुर्वेदाका सञ्चालक रामबहादुर साउँदको मृत्यु भएको हो ।

अत्तरियाबाट धनगढी आइरहेको म १ ब ९६६८ नम्बरको टिप्परले से १ क ६८२ नम्बरको मोटरसाइकलमा सवार साउँदलाई ठक्कर दिँदा उनी घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घाइते भएका उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस