• २०८१ साउन ३ गते बिहिवार

अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, कैलाली । भजनी नगरपालिका-३ बर्दुवाफाटबाट ४ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका-१ बस्ने २२ वर्षीय तपेन्द्र बहादुर शाही र २२ वर्षीय सन्तोष माझी रहेका छन् । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस