जेठ ७, काठमाडौँ।जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने भएको छ । आज सिंहदरबारमा जसपाका अध्यक्ष ठाकुर पक्षको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्देशन दिएको हो ।
बैठकमा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलबारे अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले ब्रिफिङ गरेका थिए । माओवादी केन्द्र र नेपाली काँग्रेसले जसपा नेपालको नेतृत्वमा सरकार बनाउन नमान्ने र मधेशको माग पनि पुरा नगर्ने तर प्रधानमन्त्री अोलीले मधेशको माग पुरा गरिरहेको हुनाले उनैलाई समर्थन गर्नु उचित हुने नेता महतोको धारणा थियो । ‘ ‘जसपाका नेता महतोका अनुसार जसपाले सरकारलाई समर्थन गर्नुपर्यो भने प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन गर्नेछ नभए तटस्थ बस्नेछ ।
यस्तै जसपा संसदीय दलको बैठकले सत्ता समीकरणका लागि जुनसुकै निर्णय गर्नुपर्दा अध्यक्ष ठाकुरले निर्णय लिन सक्ने गरी उनलाई जिम्मेवारी दिएको छ ।